एमडीआरटीले नेपालका लागि सन् २०२५ मा तोकेको व्यवसायका आधारमा वार्षिक लक्ष्य पूरा गर्नेहरू सदस्यमा छानिएका हुन् ।
What you should know
काठमाडौँ — सूर्यज्योतिका ५५ जना उत्कृष्ट अभिकर्ता 'एमडीआरटी २०२६' को सदस्य बन्न सफल भएका छन् ।
अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२५ मा तोकेको व्यवसायका आधारमा वार्षिक लक्ष्य पूरा गर्नेहरू सदस्यमा छानिएका हुन् ।
जसअनुसार कोशी प्रदेशबाट २ जना, बागमतीबाट २९, गण्डकीबाट ५, लुम्बिनीबाट १३, कर्णालीबाट ३ र सुदूरपश्चिमबाट ३ जना छन् । ३ वा सोभन्दा बढी पटक एमडीआरटी हासिल गर्ने ६ जना र ५ वा सोभन्दा बढी पटक एमडीआरटट्ठ हासिल गर्ने २ जना गरी ८ जना दीर्घसेवा पदकबाट समेत सम्मानित भएका छन् ।
५५ मध्ये गौरवकुमार शाही र दीपक सापकोटा 'कोर्ट अफ द टेबल (सीओटी)' का लागि योग्य भएका छन् । शाही सीओटीमा तेस्रो पटक र सापकोटा दोस्रोपटक छनोट भएका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाशविक्रम खत्रीले सन् २०२६ का लागि एमडीआरटीका लागि छनोट हुन सफल सबैलाई शुभकामना दिए । अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने विश्वभरका अभिकर्ताहरुको भेलामा उनीहरुले नेपालको प्रतिनिधित्व गर्दै नेपाल र सूर्यज्योति लाइफको झन्डा फहराउने अवसर पाउनेछन् । कर्मठ, लगनशील र मेहनती अभिकर्ताप्रति कृतज्ञता व्यक्त गर्दै खत्रीले आगामी दिनमा अझ मेहनत र लगनस्वरुप अघि बढ्न आग्रह गरे ।
नेपालकै पहिलो ९००१-२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पुँजी ५०१ करोड, जीवन बिमाकोष ४,३८३ करोड, लगानी ४,८४५ करोड, नेटवर्थ ६७४ करोड, १ लाख ६ हजार अभिकर्ता संख्या, ३५ लाख ८७ हजार बिमालेख संख्या र देशैभरि रहेका १७६ शाखा सञ्जाल छन् । कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगविरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ ।
कम्पनीले नियमनकारी निकायद्वारा तोकिएको निर्धारित समयावधिभित्रै २०८१/८२ को वार्षिक साधारण पुस ३० मा सम्पन्न गर्दै सेयरधनीका लागि १३ प्रतिशत नगद लाभांशसमेत वितरण गरिसकेको छ ।
