टीभीएसको अन्तर्राष्ट्रिय रेसिङ एक्सपिरियन्स नेपालमा

विजेताहरूले नगद पुरस्कार र चेन्नईस्थित एआरई जीपी मद्रास इन्टरनेशनल सर्किटमा सिधा प्रवेश पाएका छन् ।

माघ ८, २०८२

कान्तिपुर संवाददाता

TVS's International Racing Experience in Nepal

काठमाडौँ — दुई तथा तीन पांग्रे सवारीसाधन उत्पादन कम्पनी टीभीएस मोटरले नेपालमा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सको पहिलो संस्करण सम्पन्न भएको छ । यो कार्यक्रम टीभीएस अपाचे सिरिजको २० वर्षे गौरवपूर्ण यात्राको महत्वपूर्ण उपलब्धिका रूपमा आयोजना गरिएको हो ।

पहिलो छनोट चरण सातुंगलस्थित भेहिकल एकेडेमी एन्ड रिसर्च सेन्टरमा आयोजना गरिएको थियो, जहाँ ६० भन्दा बढी राइडरहरू सहभागी भए । छनोट चरणमा १६० सीसी श्रेणीअन्तर्गत सुजन थापा मगर विजेता घोषित भए भने विवेक पाण्डे पहिलो उपविजेता र प्रशान्त सुतीहार दोस्रो उपविजेता बनेका छन् ।

२०० सीसी श्रेणीमा अभिनव राज मल्ल विजेता बने भने निमेष थकुरी पहिलो उपविजेता र मिलन छुश्याबागा दोस्रो उपविजेता घोषित भएका हुन् ।

३१० सीसी श्रेणीमा दिलिप दनुवार विजेता बने भने रामविक्रम थापा पहिलो उपविजेता र श्रीतेश थापा दोस्रो उपविजेता बने ।

नेपालमा आयोजित उक्त प्रतिस्पर्धामा ६० भन्दा बढी राइडरहरूले १० वटा चुनौतीपूर्ण मोडहरू भएको व्यावसायिक रूपमा डिजाइन गरिएको ट्र्याकमा प्रतिस्पर्धा गरे, जहाँ उनीहरूको प्रदर्शन सबैभन्दा छिटो ल्याप टाइमका आधारमा मूल्यांकन गरिएको थियो । च्याम्पियनसिप १६० सीसी, २०० सीसी र ३१० सीसी गरी तीन श्रेणीमा सञ्चालन गरिएको थियो । यसले विभिन्न सेग्मेन्टका राइडरहरूलाई समान अवसरमा आफ्नो रेसिङ सीप परीक्षण गर्ने प्लेटफर्म प्रदान गरेको छ ।

प्रत्येक श्रेणीका शीर्ष तीन राइडरहरूले भारतको चेन्नईस्थित मद्रास इन्टरनेशनल सर्किटमा आयोजना हुने टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स फाइनल्समा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।

उनीहरूलाई २५ हजार नगद पुरस्कार तथा टीभीएस मोटरका विशेष राइडिङ गियरहरू पनि प्रदान गरिएको थियो । छनोट चरणका विजेताहरू अब अप्रिल २०२६ मा आयोजना हुने टीभीएस अपाचे रेसिङ एक्सपिरियन्स ग्रान्ड फिनालेतर्फ अघि बढ्नेछन् ।

सन् २००७ मा सुरु गरिएको च्याम्पियनसिप सन् २०२५ मा नेपाल, मेक्सिको र कोलम्बियासहित भारतका १७ सहरहरूमा विस्तार भएको छ ।

नेपालमा बढ्दो परफर्मेन्स मोटरसाइकल पारखी समुदायले यसलाई आदर्श गन्तव्य बनाएको कम्पनीका प्रिमियम बिजनेस प्रमुख विमल सुम्ब्लीले बताए ।

'टीभीएस अपाचेको २० वर्षे यात्रालाई मनाउँदै गर्दा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सको अन्तर्राष्ट्रिय विस्तार हाम्रो सीमाना तोड्ने र नयाँ मापदण्डहरू स्थापना गर्ने यात्राको स्वाभाविक निरन्तरता हो,' उनले भने, 'टीभीएस रेसिङ तथा टीभीएस अपाचे रेसिङ एक्सपिरियन्सले मोटरस्पोर्ट्स इकोसिस्टमको आधारभूत संरचना निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।'

यो रेसिङ ढाँचाले परफर्मेन्स मोटरसाइकलिङको दृश्यता उल्लेखनीय रूपमा बढाउने, स्थानीय प्रतिभाको विकास गर्ने तथा डिलरशिपहरूलाई थप ऊर्जावान बनाउने जगदम्बा मोटर्सका म्यानेजिङ डाइरेक्टर शाहिल अग्रवालले बताए ।  साथै राइडर, मोटरस्पोर्ट्स पारखी र समुदायलाई एकै ठाउँमा जोड्ने अग्रवालले भनाइ छ ।

'मोटरस्पोर्ट्सले सधैं युवापुस्तालाई प्रेरित गर्दै आएको छ र नेपालबाट सुरु भएको टीभीएस एआरई जीपीको अन्तर्राष्ट्रिय सुरुवातले युवाहरूको आकांक्षालाई व्यवस्थित र व्यावसायिक रूपमा अघि बढाउन सहयोग गर्नेछ', उनले भने । 

कान्तिपुर

Link copied successfully