साइबर ठगी रोकथाम र डिजिटल वित्तीय सुरक्षाका लागि राष्ट्रिय सम्मेलन

बैंक, वित्तीय संस्था तथा फिनटेक क्षेत्रमा तीव्र रूपमा बढ्दै गएको साइबर जोखिम र ठगीका घटना मध्यनजर गर्दै यसलाई न्यूनिकरण गर्ने उपायबारे छलफल गर्न सम्मेलन आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ । 

माघ ८, २०८२

कान्तिपुर संवाददाता

National Conference on Cyber ​​Fraud Prevention and Digital Financial Security

What you should know

काठमाडौँ — काठमाडौँ फिनटेक र पीसीआई एसएससीको संयुक्त आयोजनामा माघ १४ गते काठमाडौँमा साइबर सुरक्षा तथा साइबर ठगी रोकथामसम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

सम्मेलनमा साइबर सुरक्षा, ठगी नियन्त्रण तथा जोखिम व्यवस्थापनका विषयमा विज्ञहरूले आफ्ना अनुभव र सुझावहरू प्रस्तुत गर्नेछन् । भारतको बैंकिङ प्रविधि, साइबर सुरक्षा तथा अनुसन्धान तालिम केन्द्र (आईडीआरटीबी)का प्रमुख दीपक कुमार सम्मेलनका मुख्य वक्ता रहने तय भएको छ । उनले बैंकिङ क्षेत्रमा साइबर सुरक्षा, केवाईसी प्रणाली तथा डिजिटल जोखिम व्यवस्थापनका विषयमा विशेष सम्बोधन गर्नेछन् । 

कार्यक्रमको मुख्य आकर्षण साइबर ठगीबाट बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित रहनेछ। नेपालमा मात्र हालसम्म अरबौँ रुपैयाँ बराबरको साइबर ठगीका घटना भइसकेका छन् भने यस्ता अपराधहरूको संख्या र जटिलता निरन्तर बढ्दो क्रममा रहेको छ। विभिन्न प्रलोभनमार्फत ग्राहकको खातामा अनधिकृत पहुँच पुर्‍याई रकम ठगी गरिएका हजारौँ घटना सार्वजनिक भइसकेका छन्।

यस सन्दर्भमा भारतको एचडीएफसी बैँकले साइबर ठगी विरुद्ध हासिल गरेको सफल अनुभव विशेष रूपमा प्रस्तुत गरिनेछ । सो अभियानको नेतृत्व गरेका बैँकर मनिश अग्रवालले बैँक तथा ग्राहकलाई साइबर ठगीबाट जोगाउन गरिएका प्रभावकारी रणनीति, व्यावहारिक उपाय र वास्तविक केसहरूको अनुभव साझा गर्नेछन् । बैँकहरूमा रहेका म्युल खाता निष्क्रिय पार्ने तरिकाबारे पनि उनले अनुभव प्रस्तुत गर्ने आयोजकले जानकारी दिएका छन् । 

त्यसैगरी, भारतीय केन्द्रीय बैँकको साइबर सुरक्षा स्थायी समितिका सदस्य, इन्टरपोलका प्रशिक्षक तथा अर्न्स्ट एन्ड योङका साइबर पार्टनर कृष्ण शास्त्रीले पनि साइबर जोखिम, अन्तर्राष्ट्रिय अभ्यास तथा नियामक दृष्टिकोणबारे आफ्नो प्रस्तुति दिनेछन् । सम्मेलनमा विश्वका अग्रणी कार्ड नेटवर्क सञ्चालक भिसाका विज्ञहरूको प्रस्तुति रहनेछ भने नेपाली बैंकिङ क्षेत्रका वरिष्ठ बैंकर, साइबर सुरक्षा विज्ञ तथा  विशेषज्ञहरूको सक्रिय सहभागिता रहनेछ ।

कान्तिपुर

Link copied successfully