शिक्षा मन्त्रालयले शुरु गर्‍यो वृत्ती मार्गनिर्देशन पोर्टल

यसमा मनोवैज्ञानिक लेखाजोखा अर्थात साइकोमेट्रिक टेस्टको व्यवस्था गरिएको छ । विद्यार्थीको योग्यता पत्ता लगाई सोहीअनुसार शैक्षिक र व्यावसायिक वृत्ति छान्न सघाउने मन्त्रालयले जनाएको छ ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

Ministry of Education launches attitude guidance portal

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी तथा युवाहरूका लागि 'वृत्ति मार्गनिर्देशन' नामक डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव चूडामणि पौडेलले माघ ६ मा आयोजित कार्यक्रममा यस प्लाटफर्मको उद्घाटन गरेका थिए ।

यो प्रणाली स्विस सरकारसँगको सहकार्यमा सञ्चालित 'इन्स्योर' परियोजनाको सहयोगमा तयार पारिएको मन्त्रालयले जनाएको छ । यस प्लाटफर्मले विद्यार्थीको रुचि, क्षमता र आकांक्षा बुझेर सही निर्णय लिन सहयोग गर्ने विज्ञप्तीमा उल्लेख छ ।  

राष्ट्रिय शिक्षा नीति २०७६ र १६ औं पञ्चवर्षीय योजनाले करियर गाइडेन्स वा वृत्ति मार्गनिर्देशनलाई मुख्य रणनीतिको रूपमा व्यवस्था गरेका छन् । मन्त्रालयका सचिव पौडेलले देश विकासका लागि दक्ष जनशक्ति निर्माणमा यस प्लाटफर्म महत्त्वपूर्ण हुने बताए । स्विट्जरल्याण्डका कार्यवाहक राजदूत म्याथियस मेयरले यस प्रणालीका लागि सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully