युरोप र अमेरिकामा अध्ययनका लागि केआईईसीको 'शैक्षिक मेला'

माघ ९ मा केआईईसी एभिन्यु, पुतलीसडकमा हुने शैक्षिक मेलामा अमेरिका, क्यानडा, युके, जर्मनी, फ्रान्स र नेदरल्यान्ड्सलगायत देशहरूमा अध्ययनसम्बन्धी यथार्थ जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

माघ ७, २०८२

कान्तिपुर संवाददाता

KIEC's 'Educational Fair' for Studying in Europe and America

काठमाडौँ — विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्ष्य गर्दै केआईईसीले ‘युना मेला’ आयोजना गर्ने भएको छ। माघ ९ गते केआईईसी एभिन्यु, पुतलीसडकमा हुने शैक्षिक मेलामा अमेरिका, क्यानडा, युके, जर्मनी, फ्रान्स र नेदरल्याण्ड्सलगायत देशहरूमा अध्ययनसम्बन्धी यथार्थ जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ।

न्यून जीपीए भएका तथा अघिल्लो पटक भिसा अस्वीकृत भएका विद्यार्थीहरूका लागि समेत उपलब्ध वैकल्पिक अवसर र सम्भावनाबारे स्पष्ट मार्गदर्शन प्रदान गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको केआईईसीले जनाएको छ।

मेलामा सहभागी विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रोफाइलको मूल्यांकन, आवश्यक सुधार तथा आगामी अध्ययन योजना कसरी अघि बढाउने भन्ने विषयमा परामर्श पाउनेछन्। साथै, देशअनुसारको वास्तविक खर्च संरचना, इन्टेक समय तथा अध्ययनका विकल्पबारे जानकारी दिइनेछ।

कार्यक्रममा युरोप र अमेरिकाका विश्वविद्यालय प्रतिनिधि, भर्ना परामर्शदाता तथा केआईईसीका काउन्सिलरसँग प्रत्यक्ष संवाद गर्ने अवसर रहने केआईईसीले जनाएको छ।

कान्तिपुर

Link copied successfully