फिटुर २०२६ ले साहसिक पर्यटन, सांस्कृतिक तथा सम्पदा पर्यटन, प्रकृति–आधारित अनुभव, आध्यात्मिक पर्यटन तथा दिगो यात्राका विविध उत्पादनहरू अन्तर्राष्ट्रिय बजारमा प्रस्तुत गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
काठमाडौँ — विश्वकै अग्रणी पर्यटन व्यापार मेलामध्येको स्पेनको फिटुरमा नेपालको ब्रान्डिङ तथा प्रचार गर्न नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाली प्रतिनिधिमण्डललाई पठाएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै ३० वटा टुर तथा ट्राभल कम्पनीका ५० भन्दा बढी पर्यटन व्यवसायी आइतबार उक्त मेलामा सहभागी हुँदैछन् । उनीहरुले युरोपेली तथा अन्तर्राष्ट्रिय बजारमा नेपालको निजी पर्यटन क्षेत्रको प्रचार गर्ने नाट्टाले जनाएको छ ।
नाट्टा र नेपाल पर्यटन बोर्डको संयुक्त सहकार्यमा आयोजना गरिएको फिटुर २०२६ मा नेपालको सहभागिताको समन्वय तथा नेतृत्व नाट्टाका कार्यसमिति सदस्य कृष्णप्रसाद ढकाललाई संयोजकको रूपमा जिम्मेवारी दिइएको छ ।
नाट्टाले फिटुर २०२६ मा नेपालको सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन छवि मजबुत बनाउने, नयाँ व्यवसायिक अवसर सिर्जना गर्ने तथा युरोपेली पर्यटन बजारमा नेपालको उपस्थिति सुदृढ बनाउने विश्वास व्यक्त गरेको छ ।