'नेपाल लाइफ समृद्धि लगानी योजना' बिक्री खुला

१३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

माघ ५, २०८२

कान्तिपुर संवाददाता

'Nepal Life Samriddhi Investment Plan' sales open

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रवर्द्धक र नेपाल लाइफ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको ‘नेपाल लाइफ समृद्धि लगानी योजना’ सामूहिक लगानी कोषको इकाई बिक्री आइतबारदेखि खुला गरिएको छ ।

नेपाल धितोपत्र बोर्डको स्वीकृतिपछि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा कुल १ अर्ब ६० करोड रुपैयाँ बराबरका १६ करोड इकाई निष्कासन गरिएको हो ।

कुल इकाईमध्ये १५ प्रतिशत बीज पूँजीका रूपमा सुरक्षित गरिएको छ । जसमध्ये १४ प्रतिशत (२ करोड २४ लाख इकाई) नेपाल लाइफ इन्स्योरेन्स र १ प्रतिशत (१६ लाख इकाई) नेपाल लाइफ क्यापिटलका लागि छुट्याइएको छ । बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरिएको हो ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सकिने यस बन्दमुखी योजनाको अवधि इकाई बाँडफाँड भएको मितिले १० वर्ष रहनेछ । माघ ८ गतेसम्म आवेदन दिन सकिनेछ । आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत सि–आश्वा प्रणालीबाट आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

ईक्रा नेपालले यस कोष प्रवर्द्धकलाई ‘डबल ए माइनस’ रेटिङ दिएको छ ।

कान्तिपुर

Link copied successfully