रेडियो अन ह्वील्समा सहभागीहरूले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउनेछन् ।
What you should know
इटहरी — इटहरीस्थित पश्चिम टेम्पोलाइन सधैं भिडभाड हुने ठाउँ हो । शुक्रबार त्यहाँ अझ बढी भिड लाग्यो ।
एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले प्रायोजन गरेको रेडियो कान्तिपुरको रोड शो रेडियो अन ह्वील्स इटहरी पुग्दा भिड बाक्लिएको थियो । मुख्य प्रायोजकसँगै अन्य प्रायोजकका स्टलअगाडि खेल खेलेर आकर्षक पुरस्कार जित्न केटाकेटीदेखि युवा र प्रौढ सबै उमेर समूहको भिड थियो । कोही इनर्जी ड्रिङ्क्स पिएर लक्की ड्रमा आफ्नो नाम लेखाउन व्यस्त थिए । त, कोही वाईफाई नेपालको स्टल अगाडि बल्छीमा उपहार पार्न ।
जब मिनी ट्रकमा उभिएर आरजे महेश लिम्बू र स्मिता राणाले कार्यक्रम सञ्चालन गर्दै 'नमस्ते इटहरी' भन्न थाले त्यसपछि भिडमा अर्कै माहोल छायो । गीत, संगीत, नृत्य, व्यंग्य सबको सम्मिश्रण बन्यो रेडियो अन ह्वील्स ।
रेडियो अन ह्वील्समा सहभागीहरूले यसपटक आगामी फेब्रुअरी–मार्चमा आयोजना हुने टी–२० विश्वकपको टिकटसहित ४ रात ५ दिनको विशेष प्याकेज र दुईतर्फी यातायात सुविधा जित्ने अवसर पाउनेछन् ।
कार्यक्रम आयोजना हुने १५ वटै स्थानमा एक्स्ट्रिम वा म्याक्स टाइगर इनर्जी ड्रिङ्क्स खरिद गर्ने सहभागीको नाम र नम्बर लक्की ड्रमा समावेश गरिने आयोजकले जनाएको छ। प्रत्येक स्थानबाट एकएक भाग्यशाली विजेताले विश्वकप प्याकेज जित्नेछन् ।
इटहरीमा त्यो प्याकेज मैयाँ कार्कीले जितिन् । शनिबार धरानको भानुचोकमा कार्यक्रम आयोजना हुने रेडियो कान्तिपुरले जनाएको छ । आइतबार विराटनगर र सोमबार सिरहाको लहानका कार्यक्रम सकेर रोड शो काठमाडौं लाग्नेछ । काठमाडौं उपत्यकामा रोड शो को अन्तिम कार्यक्रम आयोजना गरिने रेडियो कान्तिपुरका स्टेशन म्यानेजर पवन आचार्यले जानकारी दिए ।
यसपटकको रोड शोमा गायक शिव परियार, विश्व नेपाली, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, डान्स च्याम्पियन नेपालकी विजेता वर्षा फुयाँल तथा सिजन–१ की विजेता रोसिका राउतले गीत, संगीत र नृत्य प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
कार्यक्रमको टाइटल स्पोन्सर एक्स्ट्रिम इनर्जी ड्रिङ्क्स रहेको छ भने पावर्ड बाईमा नेपाल लाइफ इन्स्योरेन्स, ग्लोबल आईएमई बैंक र टीभीएस रेडर रहेका छन् । इन्टरनेट पार्टनरमा वाइफाई नेपाल, स्न्याक्स पार्टनरमा रिजाल्स नमकिन, लुब्रिकेन्ट पार्टनरमा सर्वो, फर्निचर पार्टनरमा सोफा हब काठमाडौं र बन्डिङ पार्टनरमा राठीकोल रहेका छन्। कार्यक्रम व्यवस्थापनको जिम्मा इभेन्ट नेपालले लिएको छ ।
