आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु समेत सभाले पारित गरेको छ ।
काठमाडौँ — प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभाले विभिन्न निर्णयहरु पारित गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष किशोरजङ कार्कीको अध्यक्षतामा बसेको बैंकको २४औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गरेको हो ।
आर्थिक वर्ष ०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु समेत सभाले पारित गरेको छ ।
सभाले बैंकको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेडको र प्रभु स्टक मार्केट लिमिटेडको आर्थिक वर्ष २०८१/०८२ को एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
प्रभु बैंकको देशभर ६८ वटा एक्स्टेन्सन काउन्टर कार्यालय, २६९ वटा एटिएम तथा ३१२ वटा शाखा कार्यालय छन् । प्रभुले ३७ लाख भन्दा बढि ग्राहकहरुलाई प्रत्यक्ष अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ ।
