हिमालयन बैंकको ३३ औं वार्षिक साधारण सभाले बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
काठमाडौँ — हिमालयन बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारण सभाले बैक तथा बैकका सहायक कम्पनीहरू सहितको एकीकृत वित्तीय विवरण पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको अध्यक्षतामा बसेको उक्त साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन पेस गरिएको थियो ।
बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक सीए रन्जीव एन्ड एसोसियट्सलाई पुनः नियुक्त गरेको छ ।
नियामक निकायको निर्देशन बमोजिम बैंकको पुँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
