बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारीलाई नियुक्त गरिएको हो ।
काठमाडौँ — एनआईसी एशिया बैंकको सर्वसाधारण सेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान राजभण्डारीलाई नियुक्त गरिएको छ । सञ्चालक राजभण्डारीले सञ्चालक समितिका अध्यक्ष अशोक कुमार अग्रवालबाट पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेकी छिन् ।
राजभण्डारीले बैंकिङ क्षेत्रमा झन्डै तीन दशक अनुभव बोकेकी छिन् ।
बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातकोत्तर गरेकी राजभन्डारीले तत्कालिन बैंक अफ काठमाडौंमा विभिन्न विभागको नेतृत्व सम्हालेकी थिइन् ।
