अन्नपूर्ण माछा दाना उद्योगले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक नियुक्त

कम्पनीका अनुसार आईपीओमार्फत सञ्चालन विस्तार, आयात प्रतिस्थापन र कृषि तथा जलकृषि क्षेत्रमा स्वदेशी उत्पादन सुदृढ गर्ने लक्ष्य राखिएको छ ।

पुस २९, २०८२

कान्तिपुर संवाददाता

Annapurna Fish Feed Industry to issue IPO, appoints sales manager

काठमाडौँ — नेपालको अग्रणी कृषि–प्रशोधन कम्पनी अन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले आईपीओका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेड(एएमडीयू)लाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सार्वजनिक सूचीकरणतर्फ अघि बढ्ने क्रममा गरिएको यो नियुक्ति एएमडीयूको औद्योगिक विस्तार योजनासँग जोडिएको छ ।

एएमडीयूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री यश पुरी र लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्री विजयलाल श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएसँगै नियुक्ति औपचारिक रूपमा सम्पन्न भएको हो । यो साझेदारीले आईपीओ प्रक्रियामा एएमडीयूलाई मार्गदर्शन गर्ने तथा नेपालको पुँजी बजारमा प्रवेशलाई समर्थन गर्ने अपेक्षा गरिएको छ ।

डिसेम्बर २०२५ मा सम्पन्न पहिलो वार्षिक साधारण सभाबाट आईपीओ ल्याउने निर्णय स्वीकृत भइसकेको छ । प्रस्तावित सार्वजनिक निष्कासन १०,०९,५३,१०० इकाइ रहनेछ । चितवनको खैरहनीमा रहेको एएमडीयूले ‘मत्स्य रोज’ ब्रान्डअन्तर्गत माछा दाना उत्पादन गर्दै आएको छ, जसको वार्षिक उत्पादन क्षमता ३३,५०० मेट्रिक टन छ ।

कम्पनीका अनुसार आईपीओमार्फत सञ्चालन विस्तार, आयात प्रतिस्थापन र कृषि तथा जलकृषि क्षेत्रमा स्वदेशी उत्पादन सुदृढ गर्ने लक्ष्य राखिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully