‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा

'डिलाइट डेरी प्राइड' मिल्क पाउडर सजिलै मन तातो पानीमा घुल्ने भएकाले तुरुन्तै दूध तयार गर्न सकिने कम्पनीको दाबी छ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

‘Delight Dairy Pride’ instant full cream milk powder launched in the market

What you should know

काठमाडौँ — काठमाडौँ — सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमै पहिलो पटक 'डिलाइट डेरी प्राइड' इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ। कम्पनीका अनुसार यो उत्पादन प्रमुख ई–कमर्स प्लेटफर्म, मोडर्न ट्रेड स्टोर तथा भाटभटेनी सुपरमार्केट (बीबीएसएम) मा उपलब्ध छ।

'डिलाइट डेरी प्राइड' मिल्क पाउडर सजिलै मन तातो पानीमा घुल्ने भएकाले तुरुन्तै दूध तयार गर्न सकिने कम्पनीको दाबी छ। प्रिमियम गुणस्तरको यो दूध पाउडर चिनी रहित रहेको र आवश्यक पोषक तत्वले भरिपूर्ण भएकाले दैनिक पोषणका लागि उपयुक्त विकल्प हुने बताइएको छ।

डिलाइट डेरी प्राइडमा क्याल्सियम, प्रोटिन, भिटामिन ए र भिटामिन डी जस्ता पोषक तत्व समावेश छन्। ती तत्वले बालबालिकाको हड्डी मजबुत बनाउन, मांसपेशीको विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्य सुदृढ गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

व्यस्त जीवनशैलीका कारण सन्तुलित पोषण चुनौती बन्दै गएको अवस्थामा छिटो र सजिलै तयार गर्न सकिने, गुणस्तरमा एकरूपता रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न मिल्ने यस उत्पादनले उपभोक्ताको आवश्यकता पूरा गर्ने विश्वास कम्पनीको छ।

आधुनिक र आकर्षक प्याकेजिङ गरिएको डिलाइट डेरी प्राइडमा नमी प्रतिरोधी मेटालिक प्याक प्रयोग गरिएको छ, जसले उत्पादनको ताजापन जोगाउने बताइएको छ। स्पष्ट डिजाइनमार्फत ब्रान्डका मुख्य फाइदा उपभोक्ताले सजिलै बुझ्न सक्ने कम्पनीको भनाइ छ।

स्वादिलो दूध तयार गर्न १८० मिलिलिटर मन तातो पानीमा २५ ग्राम (तीन चम्चा) दूध पाउडर मिसाएर राम्ररी घोल्न सकिनेछ। यसलाई दूधजन्य पेय, डेसेर्ट, चिया तथा कफीमा पनि प्रयोग गर्न सकिन्छ।

कम्पनीका अनुसार डिलाइट डेरी प्राइड स्थानीय फार्मबाट संकलन गरिएको ताजा दूधबाट तयार गरिन्छ। उत्पादनदेखि प्याकेजिङसम्म उच्च हाइजिन र गुणस्तर परीक्षणलाई प्राथमिकता दिइएको छ।

डिलाइट डेरी प्राइड १ केजी प्याकमा २ हजार १ सय रुपैयाँ मूल्यमा उपलब्ध छ। यो दराज, मेरो किराना, स्मार्टडोको, गिफ्टमाण्डु, फुडमाण्डु लगायतका ई–कमर्स साइट तथा भाटभटेनी सुपरमार्केट, बिगमार्ट, केके मार्ट र अन्य मोडर्न ट्रेड स्टोरहरूमा किन्न सकिने कम्पनीले जनाएको छ।

कान्तिपुर

Link copied successfully