सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेसका तर्फबाट उपमहाप्रबन्धक अमित बज्रचार्य र जगदम्बा हायर पर्चेज लिका तर्फबाट व्यापार इकाइ प्रमुख पल्लव श्रेष्ठले हस्ताक्षर गरे ।
काठमाडौँ — केएल दुगड ग्रुपअन्तर्गत रहेको कम्पनी स्मार्ट अप्लायन्सेस प्रालिले जगदम्बा हायर पर्चेज लिसँग मिलेर स्काइवर्थ र लिभप्योरका लागि शून्य प्रतिशत किस्ता सुविधा ल्याएको छ ।
यस सहकार्यले नेपालमा घरेलु उपकरणको बजारमा ठूलो परिवर्तन ल्याउने लक्ष्य राखेको बताइएको छ । सुविधाअनुसार ग्राहकले आफूले रोजेका स्काइवर्थ र लिभप्योरका उपकरण १२ महिनासम्म बिनाब्याज किस्तामा किन्न सक्ने ग्रुपले जनाएको छ ।
सम्झौतापत्रमा स्मार्ट अप्लायन्सेसका तर्फबाट उपमहाप्रबन्धक अमित बज्रचार्य र जगदम्बा हायर पर्चेज लिका तर्फबाट व्यापार इकाइ प्रमुख पल्लव श्रेष्ठले हस्ताक्षर गरे ।
‘जगदम्बा हायर पर्चेजसँगको यो साझेदारी देशभरका ग्राहकलाई थप सुविधा दिने हाम्रो लक्ष्यमा महत्त्वपूर्ण कदम हो । हामी विश्वास गर्छौं, हरेक परिवारले राम्रा उपकरण प्रयोग गर्न पाउनुपर्छ, । यो शून्य प्रतिशत किस्ता सुविधाले त्यो सम्भव बनाउँछ,’ यस सम्बन्धमा स्मार्ट अप्लायन्सेसका प्रतिनिधिले भने ।