चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) गरेका खतिवडाले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव सँगालेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — रामकृष्ण खतिवडा एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालकमा नियुक्त भएका छन् ।
चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिस्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका क्षेत्रमा दुई दशकभन्दा लामो व्यावसायिक अनुभव सँगालेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनी यसअघि नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, विद्युत् नियमन आयोगको सदस्य, एनआईबीएल एस क्यापिटल लिमिटेडको महाप्रबन्धक तथा कम्पनी सचिव, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को फाइनान्सियल एनालिस्ट तथा सहायक महाप्रबन्धक, लगानी बोर्ड नेपाललगायत विभिन्न संस्थामा उच्च पदमा रहेर काम गरेको बैंकले जनाएको छ ।
