सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं ललितपुर महानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो फिचर पाटन दरबार क्षेत्रमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरियो ।
काठमाडौँ — डिजिटल नेभिगेसन प्लाटफर्म गल्ली म्याप्सले आगामी आमनिर्वाचन २०८२ लाई लक्ष्य गरी सर्वसाधारणका लागि मतदानस्थल सहजै पत्ता लगाउन सक्ने विशेष ‘मतदाता पहुँच’ सार्वजनिक गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवं ललितपुर महानगरपालिकाको प्राविधिक सहकार्यमा विकास गरिएको यो फिचर पाटन दरबार क्षेत्रमा आयोजित एक विशेष समारोहबीच सार्वजनिक गरियो ।
मतदाताले आफ्नो भोटर परिचयपत्र नम्बर प्रविष्ट गर्नासाथ गल्ली म्याप्सको प्रणालीले उनीहरूलाई तोकिएको मतदान केन्द्रको सटीक स्थान र पुग्ने बाटो देखाउने बताइएको छ ।
मतदाताले आफ्नो प्रदेश, जिल्ला, स्थानीय तह र वडा चयन गरी आफ्नो मतदान स्थल पहिल्याउन र नेभिगेसनको सुविधा लिन सक्ने गल्ली म्याप्सले जनाएको छ ।