काठमाडौंको दरबारमार्ग लगायतका स्थानमा स्टोरहरु रहेको ब्रान्ड हाउसले ढाँटलाई आधिकारिक ब्रान्ड एम्बास्डरका रूपमा अनुबन्धित गरेको जनाएको छ ।
काठमाडौँ — मल्टी–ब्रान्ड लाइफस्टाइल स्टोर ब्रान्ड हाउसले अन्तर्राष्ट्रिय मिक्स्ड मार्सल आर्टस् (एमएमए) च्याम्पियन रविन्द्र ढाँटलाई ब्रान्ड एम्बास्डरका रुपमा नियुक्त गरेको छ ।
काठमाडौंको दरबारमार्ग लगायतका स्थानमा स्टोरहरु रहेको ब्रान्ड हाउसले ढाँटलाई आधिकारिक ब्रान्ड एम्बास्डरका रूपमा अनुबन्धित गरेको जनाएको छ । यो साझेदारी ब्रान्ड हाउसका लागि खेलकुद, फिटनेस तथा स्वदेशी प्रतिभाको प्रवर्द्धनप्रति गरिएको प्रतिबद्धताको एक महत्वपूर्ण कदम भएको ब्रान्ड हाउसले विज्ञप्तिमार्फत जनाएको छ ।
सम्झौताअनुसार, ब्रान्ड हाउसले ढाँटलाई कुल १५ लाख पारिश्रमिक प्रदान गर्नेछ ।
ब्रान्ड हाउसले यस प्रायोजनको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय मञ्चमा समर्पण, अनुशासन र कठोर परिश्रमका साथ राष्ट्रको प्रतिनिधित्व गरिरहेका नेपाली प्रतिभा, विशेषगरी खेलाडीहरूलाई समर्थन र प्रोत्साहन गर्नु रहेको जनाएको छ ।
ढाँटले साझेदारीप्रति आभार व्यक्त गर्दै ब्रान्ड हाउसजस्ता प्रतिष्ठित ब्रान्डको साथले खेलाडीहरूलाई थप प्रेरणा दिने र नेपालमा कम्ब्याट स्पोर्ट्सको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
ब्रान्ड हाउसका स्टोरहरू दरबारमार्ग, सिभिल मल, सिटी सेन्टर, कुमारीपाटी र पोखरामा छन् ।
