२०२५ मा एनसेलका नयाँ २५० टावर 

विश्वसनीय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनसँग सधैं सम्पर्कमा रहन अत्यावश्यक बन्दै गएका बेला फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Ncell to build 250 new towers by 2025

काठमाडौँ — एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको बताएको छ । साथै २२ सय टावरको क्षमता अभिवृद्धि गरको छ ।

जसका कारण ग्राहकले अझ स्पष्ट सुनिने भ्वाइस सेवा र उच्च गतिको डेटा सेवाको फाइदा लिन सक्ने भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विश्वसनीय कनेक्टिभिटी एक सेवा मात्र नभई सुरक्षा, शिक्षा, व्यवसाय तथा आफ्ना प्रियजनसँग सधैं सम्पर्कमा रहन अत्यावश्यक बन्दै गएका बेला फोरजी नेटवर्क सुदृढीकरण र सेवा विस्तार गरिएको कम्पनीको भनाइ छ ।

‘सातै प्रदेशका विभिन्न स्थानीय तहमा नयाँ टावर स्थापना गरी सञ्चालनमा ल्याइएका छन् । विशेषगरी मधेश, लुम्बिनी, कोशी र बागमती प्रदेशमा केन्द्रित हुँदै यो पहल अघि बढाइएको थियो,’ विज्ञप्तिमा भनिएको छ । २ सय ५० नयाँ टावरमध्ये १ सय ९७ टावर पछिल्लो साढे दुई महिनामा स्थापना गरिएको पनि कम्पनीले जनाएको छ ।

स्टकमा रहेका तथा स्पेयर उपकरणको अधिकतम उपयोगमार्फत ५३ वटा नयाँ टावर सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।

‘देशभर थपिएका हाम्रा यी नयाँ टावर र क्षमता अभिवृद्धि गरिएका साइटले सम्बन्धित प्रदेशका स्थानीय तह र ठाउँमा ग्राहकलाई मोबाइल ब्रोडब्यान्ड र गुणस्तरीय भ्वाइस सेवाको पहुँच अझ व्यापक बनाएको छ । यसले फोरजी कनेक्टिभिटीको महत्त्वलाई अझ बढाएको छ,’ एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपंग दत्तले भने ।

कान्तिपुर

Link copied successfully