द गभर्नर हिृवस्की अब १८० एमएलको आकर्षक प्याकमा

द गभर्नर स्मोकवुड कास्क हिृवस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य ७ सय ४५ रुपैयाँमा मा उपलब्ध हुनेछ ।

पुस १८, २०८२

कान्तिपुर संवाददाता

The Governor Hrivsky now in an attractive 180 ml pack

What you should know

काठमाडौँ — सागर डिस्टिलरी लिमिटेडले द गभर्नर स्मोक वुड कास्क व्हिस्की १८० एमएलको प्याक सार्वजनिक गरेको छ। द गभर्नर स्मोकवुड कास्क व्हिस्की ७५० एमएलको सफल सुरुवातपछि आफ्नो प्रिमियम ब्लेन्डेड हिृवस्की पोर्टफोलियोलाई विस्तार गर्दै १८० एमएलको प्याक सार्वजनिक गरेको हो ।

नयाँ प्याकले उपभोक्तालाई ब्रान्डको परिष्कृत स्वाद र शिल्पकला अनुभव गर्न अझ सहज पहुँच प्रदान गर्ने उद्देश्य राखेको छ, जुन परिवर्तनशील उपभोग अवसरहरूसँग पनि उपयुक्त छ।

द गभर्नर स्मोकवुड कास्क व्हिस्की १० बर्स सम्म मच्योर गरिएको हाइल्याण्ड र स्पेसाइड स्कच माल्टबाट तयार गरिएको द गभर्नर हिृवस्कीले आफ्नो मूल दर्शन-'दुई प्रख्यात माल्ट, एक उत्कृष्ट ब्लेन्ड'- लाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ ।

हाइल्याण्ड र स्पेसाइड स्कच माल्ट विश्वका उत्कृष्ट माल्टहरूमध्ये मानिने कम्पनीले जनाएको छ ।शताब्दीयौंको शिल्पकला र परम्पराले आकार दिएको असाधारण सन्तुलन, गहिराइ र स्थिर गुणस्तर यिनले प्रस्तुत गर्नेछ । यी दुईले मिलेर स्कच हिृवस्कीको चरित्रको सर्वोच्च अभिव्यक्ति प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ ।

हाइल्याण्ड माल्टले गहिराइ र संरचना प्रदान गर्छ भने स्पेसाइड माल्टले स्मूथनेस र सन्तुलन थप्छ। स्मोकवुड कास्कमा तैयार गरिएको यस हिृवस्कीमा भ्यानिला, ओक र क्यारामेलका नोटहरूका साथ सौम्य स्मोक फ्लेभर अनुभव गर्न सकिने डिस्टिलरीका प्रमुख कार्यकारी अधिकृत सौरभ कारंजितले बताए ।  १८० एमएल प्याकले ब्रान्डको गुणस्तर र विशेषता कायम राख्दै उपभोक्ताका लागि अझ सहज पहुँच सुनिश्चित गर्ने उनको भनाई छ ।

द गभर्नर स्मोकवुड कास्क हिृवस्की (१८० एमएल) अब देशभर खुद्रा मूल्य ७ सय ४५ रुपैयाँमा मा उपलब्ध हुने उनले बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully