रुपन्देहीको सिद्धार्थनगर–८ स्थित अंचलपुरमा सोरुम सञ्चालनमा ल्याइएको हो । एकै स्थानबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधा प्रदान गर्ने गरी शुक्रबारबाट सोरुम सुरुआत गरिएको हो ।
भैरहवा — भैरहवा र आसपास क्षेत्रमा किया मोटर्सको आधिकारिक बिक्रेता वरुण मोटर्स प्रालिले भैरहवामा सुविधासम्पन्न नयाँ सो रुम सञ्चालनमा ल्याएको छ ।
रुपन्देहीको सिद्धार्थनगर–८ स्थित अंचलपुरमा सो रुम सञ्चालनमा ल्याइएको हो । एकै स्थानबाट सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधा प्रदान गर्ने गरी शुक्रबारबाट सो रुम सुरुआत गरिएको हो । सो रुम १० हजार बर्गफिटमा फैलिएको छ ।
नेपालका लागि किया मोटरको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिकी प्रबन्ध निर्देशक रेखा घिमिरे र सरितादेवी अग्रवालले सो रुम उद्घाटन गरेकी थिइन् । सञ्चालक राहुल अग्रवालका अनुसार ४ करोड लगानीमा सो रुम तयार गरिएको हो । सोरुममा पार्किङसहितका सुविधा छन् ।
अग्रवालका अनुसार विगत पाँच वर्षदेखि वरुण मोटर्सले यस क्षेत्रमा कियाका गाडीहरु बिक्री गर्दै आइरहेको छ । तर, यसलाई अझै आधुनिक, सरल र सुविधासम्पन्न गराउन नयाँ सोरुम तयार गरी सञ्चालनमा ल्याइएको हो । उपभोक्तालाई हरेक सुविधाहरु छिटोछरितो, सुलभ र भरपर्दो तरिकाले प्रदान गर्दै आएको उनले जनाए ।
कन्टिनेन्टल ट्रेडिङकी निर्देशक घिमिरेले राम्रो सुविधा र फराकिलो ठाउँमा सोरुम सञ्चालनमा आएसँगै रुपन्देहीमा कियाको उपस्थितिलाई थप मजबुत भएको बताइन् । किया नेपालले रुपन्देहीमा आफ्नो उपस्थिति थप सुदृढ गर्ने उद्देश्यसहित किया भैरहवा सो रूम संचालनमा ल्याएको उनले बताइन् ।
वरुण मोटर्स कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिअन्तर्गत किया नेपालको आधिकारिक डिलर हो ।
