'हल्ट प्राइज ओरिएन्टेसन' सम्पन्न

कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएको पद्मकन्या क्याम्पसले जनाएको छ

पुस १८, २०८२

कान्तिपुर संवाददाता

'Hult Prize Orientation' Completed

काठमाडौँ — पद्मकन्या क्याम्पसले हल्ट प्राइज अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । क्याम्पसले सन् २०२५/२६ का लागि हल्ट प्राइज यात्राको औपचारिक सुरुवात गर्दै हल्ट प्राइज अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत ३ सयभन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएको क्याम्पसले जनाएको छ । कार्यक्रमको मुख्य उद्देश्य हल्ट प्राइज प्लाटफर्मको विश्वव्यापी प्रभाव तथा विद्यार्थीलाई उद्यमी बन्न उपलब्ध अवसर परिचय गराउनु रहेको क्याम्पसले जनाएको छ ।

उक्त कार्यक्रममा कलेज प्रमुख विमला नेपाललगायत अन्य महत्त्वपूर्ण व्यक्तित्वको उपस्थिति रहेको हल्ट प्राइजकी कलेज डाइरेक्ट रवीशा खत्रीले जनाएकी छन् । विभिन्न व्यक्तित्वको साथ र सहयोगले विद्यार्थीले व्यवहारिक ज्ञान प्राप्त गरी सामाजिक उद्यमशीलतालाई विश्व परिर्वतनको प्रभावकारी माध्यमका रूपमा उत्प्रेरित गरेको खत्रीले बताएकी छन् ।

पद्मकन्यामा हल्ट प्राइजको फाइनल फेब्रुअरी २२ मा हुने जनाइएको छ ।

हल्ट प्राइजलाई विद्यार्थीहरुको नोभेल प्राइजको रुपमा चिनिन्छ । यो अन्तराष्ट्रिय विद्यार्थी प्रतियोगीता हो । यसको उद्देश्य विश्वका युवालाई सामाजिक परिर्वतनको लागि उद्यमी बनाउने हो ।

कान्तिपुर

Link copied successfully