सिटी सेन्टरमा हनरको पहिलो शोरूम

आधुनिक र इन्टरएक्टिभ डिजाइन भएको शोरूममा आगन्तुकले हनरका उत्पादन अन्वेषण गर्न, मुख्य फिचर बुझ्न र तालिमप्राप्त पेशेवरबाट व्यक्तिगत सहयोग प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

पुस १७, २०८२

कान्तिपुर संवाददाता

काठमाडौँ — वैश्विक स्मार्ट डिभाइस ब्राण्ड हनरले सिटी सेन्टरको दोस्रो तलामा आफ्नुो पहिलो एक्सक्लुसिभ शोरूम उद्घाटन गरेको छ ।

सोरुममा ग्राहकले ब्रान्डका नयाँ स्मार्टफोन, एक्सेसरिज र स्मार्ट डिभाइसको प्रत्यक्ष अनुभव गर्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

साथै विशेष स्टोर अफरहरूको फाइदा लिन सक्ने पनि कम्पनीको भनाइ छ । आधुनिक र इन्टरएक्टिभ डिजाइन भएको शोरूममा आगन्तुकले हनरका उत्पादन अन्वेषण गर्न, मुख्य फिचर बुझ्न र तालिमप्राप्त पेशेवरबाट व्यक्तिगत सहयोग प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

सोरुम उद्घाटनका अवसरमा टिमका सदस्य, साझेदार र शुभेच्छुकहरूले सहभागिता जनाएको कम्पनीले बताएको छ ।

कान्तिपुर

Link copied successfully