केएफसीको २५औं आउटलेट चितवनको कुरिनटारमा

यो शाखालाई नेपालकै पहिलो ‘ग्रिन स्टोर’का रूपमा अघि बढाइएको केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत ऋतुराज शाहले जानकारी दिए ।

पुस १६, २०८२

कान्तिपुर संवाददाता

KFC's 25th outlet in Kurintar, Chitwan

चितवन ‍ — इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा केएफसीको २५औं आउटलेट संचालनमा आएको छ । बुधबार इ–स्टपका अध्यक्ष राजन रायमाझीले रिबन काटेर विश्वप्रख्यात रेस्टुरेन्ट चेन केएफसीको ‘प्रिमियम’ आउटलेट शुभारम्भ गरेका हुन् ।

समुद्घाटन समारोहमा केएफसीका कन्ट्री म्यानेजर विजय शर्मालगायतको उपस्थिति थियो । 

यो शाखालाई नेपालकै पहिलो ‘ग्रिन स्टोर’का रुपमा अघि बढाइएको केएफसी सञ्चालक कम्पनी देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत ऋतुराज शाहले जानकारी दिए । 

‘कुरिनटार शाखालाई फ्लेक्सिभ र फस्ट ग्रीन स्टोरका रूपमा विशेष बनाएका छौं, यसलाई सामान्य आउटलेट भन्दा प्रिमियम टच दिन खोजिएको छ । जहाँ फर्निचरदेखि सबै कुरा प्रिमियम फिल गराउने गरी निर्माण गरेका छौं,’ शाहले भने ।  

यो शाखामा रहेका १६ जना कर्मचारी सबै महिला छन् । 

कान्तिपुर

Link copied successfully