नर्भिकमा डर्मा तथा कस्मेटिक उपचारमा नयाँ वर्ष विशेष छुटको अफर 

यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ ।

पुस ७, २०८२

कान्तिपुर संवाददाता

New Year special discount offer on derma and cosmetic treatments at Norvic

काठमाडौँ — नर्भिक इन्टरनेशनल हस्पिटलले डर्माटोलोजी तथा कस्मेटिक उपचार सेवामा नयाँ वर्ष विशेष छुटको अफर ल्याएको छ । 

नर्भिकले अंग्रेजी नयाँ वर्षको अवसरमा लेजर हेयर रिमुभल, हाइड्रा फेसियल र ग्लो पिलको कस्मेटिक उपचार सेवामा विशेष छुट सञ्चालनमा ल्याएको हो । 


नर्भिकले लेजर हेयर रिमुभलका लागि २५ प्रतिशत छुट दिने जनाएको छ । यस्तै हाइड्रा फेसियल र ग्लो  पिलमा ४ सेसनको विशेष प्याकेज पनि ल्याएको छ ।


जसअन्तर्गत हाइड्रा फेसियलको ४ सेसनको प्याकेजमा २४ हजार रुपैयाँ र ग्लो पिलका लागि ४ सेसनको प्याकेजमा  १२ हजार रुपैयाँ मात्र लाग्ने अस्पतालले जनाएको छ ।  यो अफर आज २१ डिसेम्बरदेखि ७ जनवरीसम्म लागू हुने अस्पतालले जनाएको छ । 

कान्तिपुर

Link copied successfully