'लोक्ता' एपले दैनिक बिक्री तथा खरिदको अभिलेख राख्न, स्टक ट्रयाकिङ मार्फत सामानको वास्तविक अवस्था बुझ्न, नाफा र समग्र व्यवसायिक अवस्था स्पष्ट रुपमा देखाउन र व्यापारीको मानसिक बोझ कम गर्न सहयोग पुर्याउनेछ ।
काठमाडौँ — साना तथा स्थानीय व्यवसायीहरुको दैनिक हिसाब–किताब र मालसामान (स्टक) व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले 'लोक्ता'एप सार्वजनिक भएको छ ।
नयाँ मोबाइल आधारित हिसाब किताब तथा स्टक व्यवस्थापन एप्लिकेसन औपचारिक रुपमा सार्वजनिक गरिएको हो । ‘लोक्ता’ विशेष रुपमा किराना पसल, साना थोक व्यापारी तथा छिमेकस्तरका व्यवसाय सञ्चालन गर्ने स्थानीय व्यापारीहरुलाई लक्षित गरी विकास गरिएको मोबाइल एप्लिकेशन रहेको कम्पनीले जनाएको छ ।
बजारमा उपलब्ध अधिकांश एकाउन्टिङ प्रणालीहरु जटिल, अत्यधिक प्राविधिक तथा लेखापाल केन्द्रित भएकाले साना व्यापारीहरुका लागि प्रयोग गर्न कठिन भइरहेको अवस्थामा ‘लोक्ता’ एपले व्यापारीहरुको दैनिक काम गर्ने वास्तविक शैलीलाई केन्द्रमा राखी सरल, सरज र प्रयोगमैत्री समाधान प्रदान गर्नेछ ।
'लोक्ता' ले दैनिक बिक्री तथा खरिदको अभिलेख राख्न, स्टक ट्रयाकिङ मार्फत सामान को वास्तविक अवस्था बुझ्न, नाफा र समग्र व्यवसायिक अवस्था स्पष्ट रुपमा देखाउन र व्यापारीको मानसिक बोझ कम गर्न सहयोग पुर्याउनेछ ।
विशेष गरी स्मार्टफोन प्रयोग गर्न असहज मान्ने, अंग्रेजी वा लेखा–जोखा सम्बन्धि शब्दावलीमा सिमित पहुाच भएका तथा साना पारिवारिक पसल संचालन गर्ने व्यापारिहरुको लागि यो सुविधा अत्यन्त उपयोगी हुने कम्पनीको दाबी छ ।
