सिद्धार्थ बैंक र सोसल बिजनेसबीच उद्यमशीलता प्रवर्द्धन सहकार्य

एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोसल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याउँदै आएको छ ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Siddhartha Bank and Social Business collaborate to promote entrepreneurship

काठमाडौँ — सिद्धार्थ बैंकले कृषि, सौर्य ऊर्जा तथा स्वस्थ घरेलु–आधारित खाद्य समाधानका क्षेत्रमा क्रियाशील युवा महिला उद्यमीलाई समर्थन गर्ने उद्देश्यका साथ नेपाल सोशल बिजनेस (एनएसबी) सँग सहकार्य गरेको छ ।

नेपाल सोसल बिजनेससँग हातेमालो गर्दै सामाजिक प्रभावयुक्त उद्यमशील यात्रामा सहकार्य गर्न पाएकामा सिद्धार्थ बैंकका प्रमुख मार्केटिङ अधिकृत सुरेशराज महर्जनले खुसी व्यक्त गरे ।

यस सहकार्यले नेपालमा उद्यमशीलता प्रवद्र्धन तथा दिगो आर्थिक विकासप्रतिको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने उनको भनाइ छ ।

नेपाल सोसल बिजनेसका तर्फबाट निर्वाण चौधरीले रणनीतिक लगानी, मार्गदर्शन तथा दीर्घकालीन सहयोगमार्फत सामाजिक उद्यमलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।

एक दशकभन्दा बढी समयदेखि सक्रिय रहँदै आएको नेपाल सोसल बिजनेसले हालसम्म देशभर २० भन्दा बढी सामाजिक उद्यमलाई सहयोग गरी समावेशी आर्थिक वृद्धि र दिगो जीविकोपार्जनमा योगदान पुर्‍याउँदै आएको उनले जनाए ।

यस्ता प्रभावमूलक उद्यमको सशक्तीकरणले समावेशी, दिगो तथा सुदृढ राष्ट्रिय अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान दिने बैंकको विश्वास छ ।

कान्तिपुर

Link copied successfully