यो विशेषगरी किराना पसल, साना थोक व्यापारी तथा छिमेकस्तरका व्यवसाय सञ्चालन गर्ने स्थानीय व्यवसायीलाई लक्ष्य गरी विकास गरिएको मोबाइल एप्लिकेसन रहेको बताइएको छ ।
काठमाडौँ — नेपालका साना तथा स्थानीय व्यवसायीहरुको दैनिक हिसाब–किताब र मालसामान (स्टक) व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित लोक्ता एप सार्वजनिक भएको छ ।
नयाँ मोबाइल आधारित हिसाबकिताब तथा स्टक व्यवस्थापन एप्लिकेसन औपचारिक रुपमा सार्वजनिक गरियो । यो विशेषगरी किराना पसल, साना थोक व्यापारी तथा छिमेकस्तरका व्यवसाय सञ्चालन गर्ने स्थानीय व्यवसायीलाई लक्ष्य गरी विकास गरिएको मोबाइल एप्लिकेसन रहेको बताइएको छ ।
लोक्ता एपको निर्माण दर्शन मिनिमम लर्निङ, मेक्सिमम युटिलिटीमा आधारित रहेको एप निर्माताले जनाएका छन् । यो एपले लामो तालिम वा जटिल प्रक्रियाबिनै पहिलो दिनदेखि नै प्रयोग गर्न मिल्ने सहजता प्रदान गर्ने निर्माताको दाबी छ ।
