एपेक्स कलेजबाट स्नातक विद्यार्थीको दीक्षान्त

शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एपेक्सले प्रदान गर्दै आएको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ ।

पुस ५, २०८२

कान्तिपुर संवाददाता

Graduation ceremony of graduate students from Apex College

काठमाडौँ — एपेक्स कलेजले दीक्षान्त समारोह २०२५ सम्पन्न गरेको छ ।

ललितपुरस्थित द प्लाजामा आयोजित समारोहमा कलेजका विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन पूरा गरेका विद्यार्थीलाई औपचारिक रूपमा दीक्षित गरिएको कलेजले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

‘दीक्षान्त समारोहमा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बैंकिङ तथा बीमा –बीबीए–बीआई), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन–यात्रा तथा पर्यटन व्यवस्थापन (बीबीए–ट्राभल एन्ड टुरिज्म), ब्याचलर अफ कम्प्युटर इन्फर्मेसन सिस्टम (बीसीआईएस) तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए) कार्यक्रमका स्नातक विद्यार्थी सहभागी रहेको कलेजले बताएको छ ।

शैक्षिक उत्कृष्टतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एपेक्सले प्रदान गर्दै आएको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति परम्परालाई यस वर्ष पनि निरन्तरता दिएको जनाएको छ । यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति एपेक्स कलेजअन्तर्गत बीबीए (बैंकिङ तथा बिमा) कार्यक्रमकी उत्कृष्ट विद्यार्थी श्वेता शाहलाई प्रदान गरिएको कलेजको भनाइ छ ।

समारोहमा विभिन्न कार्यक्रमतर्फका टपर विद्यार्थीलाई विशेष सम्मानसमेत गरियो ।

कान्तिपुर संवाददाता

Link copied successfully