कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
काठमाडौँ — दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीबाट सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।
२०८२ भाद्र २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले सो कम्पनीले उक्त सहयोग गरेको जनाएको छ ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरेको हो ।
सहयोग रकमबराबरको चेक बिहीबार कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सञ्जय जोशीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।
