शुक्रबारदेखि नेपाल उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी

काठमाडौंको भृकृटीमण्डपमा यही पुस ४, ५ र ६ मा आयोजना गरिने प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल रहनेछन् ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

Nepal Ud, Interior and Furniture Exhibition from Friday

काठमाडौँ — नेपाल उड, इन्टेरियर तथा फर्निचर प्रदर्शनी शुक्रबारदेखि गरिने भएको छ ।

मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्सले संयुक्त रूपमा प्रदर्शनी आयोजना गर्न लागेका हुन् । काठमाडौंको भृकृटीमण्डपमा यही पुस ४, ५ र ६ मा आयोजना गरिने प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका एक सयभन्दा बढी स्टल रहनेछन् ।

फर्निचर, प्लाइउड तथा काठ औजारका कम्पनी, लेमिनेट, विभिन्न कम्पनीका डिलर, सब डिलर र विक्रेताले काठ व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने र यस क्षेत्रका नयाँ–नयाँ प्रविधिको जानकारी गराउन यो प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रदर्शनीमा इन्टेरियर, फर्निचर, प्लाइउड, लेमिनेट, हार्डवेयर, काष्ठसम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने बताइएको छ ।

कान्तिपुर

Link copied successfully