एलजी नेपालको टी–२० विश्वकप यात्राको घोषणा

क्याम्पेनअन्तर्गत छनोट हुने विजेताले म्याच टिकट, बसोबास तथा सिटी टुरसहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन्, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउने कम्पनीको भनाइ छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

LG Nepal's T20 World Cup trip announced

काठमाडौँ — एलजी नेपालले अन्तर्राष्ट्रिय क्रिकेटअन्तर्गत टी–२० विश्वकप यात्राबारे उपभोक्ता क्याम्पेन घोषणा गरेको छ ।

सीमित अवधिका लागि लागू हुने अफरअन्तर्गत कुनै पनि एलजी प्रडक्ट खरिद गर्ने ग्राहकले भारतको मुम्बईस्थित प्रतिष्ठित वानखेडे स्टेडियममा प्रत्यक्ष खेल हेर्न पाउने ४ रात ५ दिनको पूर्ण रूपमा प्रायोजित यात्रा जित्ने अवसर पाउने कम्पनीले जनाएको छ ।

एलजीको विश्वव्यापी ब्रान्ड दर्शन ‘लाइफ’ स गुड’मा आधारित यो क्याम्पेनले क्रिकेटप्रेमीका लागि साँच्चिकै महत्त्वपूर्ण क्षणलाई उत्सवका रूपमा प्रस्तुत गर्ने कम्पनीको दाबी छ । क्याम्पेनअन्तर्गत छनोट हुने विजेताले म्याच टिकट, बसोबास तथा सिटी टुरसहितको सम्पूर्ण ट्राभल प्याकेज प्राप्त गर्नेछन्, जसले उनीहरूको यात्रा सहज र अविस्मरणीय बनाउने कम्पनीको भनाइ छ ।

एलजी ग्राहकका लागि पक्का उपहारसमेत सुनिश्चित गरिएको छ, जसमा वासिङ मेसिन खरिदमा ३ केजी नि:शुल्क एरियल डिटर्जेन्ट, एसी खरिदमा नि:शुल्क इन्स्टलेसन, माइक्रोवेभ ओभनमा कुकिङ किट, साथै थप सब्सक्रिप्सन सुविधा समावेश रहेको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully