अभिभावकका लागि केआईईसीको ‘प्यारेन्स वर्कसप’

विदेश अध्ययनको निर्णयमा अभिभावक मार्गदर्शकको भूमिकामा हुने भएकाले बजारमा फैलिने हल्ला र गलत सूचनाभन्दा टाढा रही यथार्थ निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको कम्पनीको भनाइ छ ।

पुस ३, २०८२

कान्तिपुर संवाददाता

KIEC's 'Parents Workshop' for parents

काठमाडौँ — विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीका अभिभावकलाई लक्ष्य गर्दै केआईईसीले प्यारेन्स वर्कसप गर्ने भएको छ ।

५ पुसमा केआईईसी एभिन्यु, लालुपाते मार्ग, पुतलीसडकमा हुने कार्यशालामा अस्ट्रेलिया, लन्डन, अमेरिका, क्यानडा, न्युजिल्यान्ड र दक्षिण कोरियामा अध्ययनसम्बन्धी यथार्थ जानकारी प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

विदेश अध्ययनको निर्णयमा अभिभावक मार्गदर्शकको भूमिकामा हुने भएकाले बजारमा फैलिने हल्ला र गलत सूचनाभन्दा टाढा रही यथार्थ निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको कम्पनीको भनाइ छ ।

कार्यशालामा केआईईसीका सर्टिफाइड काउन्सिलरसँग प्रत्यक्ष संवाद, देशअनुसारको भिसा नीति, खर्च संरचना, जोखिम र प्रतिफल, विद्यार्थीको प्रोफाइलअनुसार उपयुक्त देश तथा कोर्स चयनबारे विस्तृत छलफल गरिने केआईईसीले जनाएको छ ।

अभिभावकका भ्रम र जिज्ञासाको समाधान एकै ठाउँमा गरिने केआईईसीको भनाइ छ ।

कान्तिपुर

Link copied successfully