अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले मात्र नभई अन्तर्राष्ट्रिय उपभोक्ताहरूले पनि कारोबार हाेलसेल डटकममार्फत पहाडी फुड्सका उत्पादन सजिलै अर्डर गर्न सक्नेछन् ।
What you should know
काठमाडौँ — नेपाली स्थानीय तथा रैथाने जातका खाद्य उत्पादनलाई विश्व बजारसँग जोड्ने लक्ष्यसहित स्थापित पहाडी फुड्सको उत्पादन अमेरिकामासमेत पाइने भएको छ । अमेरिकामा औपचारिक उपस्थितिसँगै नेपाली उत्पादनको अन्तर्राष्ट्रिय यात्रालाई थप नयाँ उचाइमा पुर्याएको छ ।
करिब ८० हजार अमेरिकी डलर बराबरका उत्पादन निर्यात भएसँगै पहाडी फुड्सका चामल, दाल, गेडागुडी, अचार, मह लगायतका विभिन्न उत्पादन अमेरिकाभर उपलब्ध हुने भएका छन् ।
कम्पनीका अनुसार अमेरिकामा पहाडी फुड्सको आधिकारिक वितरकका रूपमा मोक्ष ग्लोबल एलएलसी नियुक्त गरिएको छ । उक्त कम्पनीमार्फत अमेरिकास्थित होलसेलर, रिटेलर तथा व्यावसायिक ग्राहकहरूले पहाडी फुड्सका उत्पादन सजिलै प्राप्त गर्न सक्नेछन । खुद्रा तथा थोक दुवै प्रकारका ग्राहकले मोक्ष ग्लोबल एलएलसीको ई–कमर्स प्लेटफर्म कारोबार हाेलसेल मार्फत अनलाइन अर्डर गरी अमेरिकाभर डेलिभरी सेवा लिन सक्ने व्यवस्था पनि गरिएको छ।
अमेरिकामा सुरु गरिएको निर्यातले नेपाली स्थानीय खाद्य उत्पादनप्रति विश्व बजारमा देखिएको आकर्षण, विश्वास र मागलाई स्पष्ट रूपमा देखाएको कम्पनीले जनाएको छ । नेपाली उत्पादनको सम्भावनालाई विश्वमाझ थप उजागर गरेको छ । पहाडी माटोमा उब्जिएको अन्न, किसानको मेहनत र अन्तर्राष्ट्रिय मापदण्डअनुसार गरिएको प्रशोधनले नेपाली उत्पादनलाई विश्वस्तरमा चिनाउने अवसर सिर्जना गरेको छ ।
अन्य मुलुकहरुमासमेत गरिएको निर्यात र सकारात्मक प्रतिक्रियासँगै बढ्दो मागसमेतलाई आधार बनाउँदा आगामी दिनमा उत्पादनको दायरा थप विस्तार गरी निर्यात परिमाण उल्लेखनीय रूपमा बढाउने दीर्घकालीन योजना कम्पनीले अघि सारेको छ।
अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले मात्र नभई अन्तर्राष्ट्रिय उपभोक्ताहरूले पनि कारोबार हाेलसेल मार्फत पहाडी फुड्सका उत्पादनहरू सजिलै अर्डर गर्न सक्नेछन् ।
