भिभो एक्स३०० प्रोलाई एलवाईटी–८२८ सेन्सर सहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेरा ले साथ दिएको छ, जसले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ ।
What you should know
काठमाडौँ — भिभोले आफ्नो नवीनतम फ्ल्यागशिप स्मार्टफोन भिभो एक्स३०० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।
व्यावसायिक मोबाइल फोटोग्राफीलाई नयाँ स्तरमा पुर्याउने उद्देश्यसहित तयार गरिएको एक्स३०० प्रोले अत्याधुनिक जाइस क्यामेरा प्रविधि, उच्चस्तरीय कार्यसम्पादन र उन्नत सफ्टवेयर अनुभवलाई एउटै डिभाइसमा समेटेको कम्पनीले जनाएको छ ।
यसले यसलाई भिभोको अहिलेसम्मकै सबैभन्दा परिष्कृत स्मार्टफोन बनाएको कम्पनीको दाबी छ ।
भिभो एक्स३०० प्रो प्रिमियम रङ विकल्पहरू फ्यान्टम ब्ल्याक (कालो) र ड्युन ब्राउन (खैरो) मा उपलब्ध छ । यसको मूल्य १ लाख ७९ हजार ९ सय ९९ तोकिएको छ । यो स्मार्टफोन दराज तथा देशभरका आधिकारिक बिक्री केन्द्रमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एक्स३०० प्रोको केन्द्रमा रहेको यसको व्यावसायिक इमेजिङ सिस्टम जाइससँगको सहकार्यमा विकास गरिएको हो । यस स्मार्टफोनमा २०० मेगापिक्सेल जाइस एपीओ टेलिफोटो क्यामेरा समावेश गरिएको छ, जसले अल्ट्रा–सेन्सिङ एचपीबी सेन्सर र सिपा ५.५–रेटेड स्टेबलाइजेसन मार्फत टाढाका दृश्यहरूलाई पनि अत्यन्त स्पष्ट र स्थिर रूपमा कैद गर्न सक्षम बनाउँछ ।
यसलाई एलवाईटी–८२८ सेन्सर सहितको जाइस गिम्बल–ग्रेड मेन क्यामेरा ले साथ दिएको छ, जसले उज्यालो तथा कम प्रकाश दुवै अवस्थामा प्राकृतिक रङ र सूक्ष्म विवरण प्रस्तुत गर्छ ।
क्यामेरा अनुभवलाई थप सशक्त बनाउन प्रो इमेजिङ चिप भिएस१ र सह–विकसित डाइमेन्सिटी ९५०० भि३ प्लस इमेजिङ चिप प्रयोग गरिएको कम्पनीले बताएको छ ।
यस स्मार्टफोनमा जाइस मास्टर कलर डिस्प्ले, ८टी एलटीपीओ टेक्नोलोजी र १.१ मिलिमिटर अल्ट्रा–स्लिम सिमेट्रिक बेजेल प्रयोग गरिएको छ, जसले आकर्षक र आरामदायी अनुभव दिन्छ ।
डाइमेन्सिटी ९५०० प्रोसेसर द्वारा सञ्चालित एक्स३०० प्रोमा ६५१० मिलिआम्पियर ब्लुभोल्ट ब्याट्री, ९० वाट फ्ल्यासचार्ज सुविधा र ४० वाट वायरलेस फ्ल्यासचार्ज सुविधा उपलब्ध रहेको कम्पनीको भनाक्ष्इ छ ।
