गोरखा ब्रुअरी–खालिसीसी सहकार्य, ‘नेभर लिभ ए बोटल बिहाइन्ड’ अभियान सुरू

यो मोडेलमार्फत व्यावसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।

मंसिर २९, २०८२

कान्तिपुर संवाददाता

Gorkha Brewery-Khali CC collaboration, ‘Never Leave a Bottle Behind’ campaign launched

काठमाडौँ — गोरखा ब्रुअरी र कार्ल्सबर्ग समूहले देशभरका व्यावसायिक स्थानलाई जोड्दै बोतलको पुनःप्रयोग प्रक्रियालाई सहज बनाउने उद्देश्य सहित नयाँ अभियान अघि सारेका छन् ।

‘नेभर लिभ ए बोटल बिहाइन्ड’  भन्ने मूल नारासहित खालिसीसीसँगको सहकार्यमा सुरु गरिएको यो अभियानले कम्पनीलाई जिम्मेवार ‘रिसोर्स म्यानेजमेन्ट’ तर्फ उन्मुख गराउने बताइएको छ।

अभियानअन्तर्गत खालिसीसीले बार र रेस्टुरेन्टहरूसँग प्रत्यक्ष समन्वय गर्दै प्रयोग भइसकेका सिसाका बोतललाई व्यवस्थित रूपमा संकलन, छुट्याउने र पुनःप्रयोगको प्रक्रियामा पठाउनेछ। यसले व्यावसायिक स्थानमै अवशिष्ट व्यवस्थापनको एकीकृत र सहज प्रणाली तयार गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

यो मोडेलमार्फत व्यावसायिक क्षेत्रको जिम्मेवारी बढ्ने, बोतल व्यवस्थापन सुलभ हुने र पुनःप्रयोग गर्न सकिने गिलास ल्यान्डफिलसम्म नपुग्ने गरी उल्लेखनीय कमी आउने कम्पनीले जनाएको छ ।

गोरखा ब्रुअरीका अनुसार ‘खालिसीसीसँगको सहकार्यले कुनै पनि बोतल बेवास्ता नहुने हाम्रो प्रतिबद्धतालाई व्यवहारमै उतारेको दाबी गरिएको छ।

‘व्यवस्थित पुनःप्रयोग समाधान उपलब्ध गराएर हामी ईएसजी लक्ष्यलाई थप मजबुत बनाउँदैछौँ र सफा–हरियो नेपाल निर्माणमा सहयोग पुर्‍याइरहेका छौँ,’ गोर्खा ब्रुअरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully