कुमारीपाटीमा गुरुङ ब्युटिपार्लर एन्ड एकेडेमीको शुक्रबार उद्घाटन गरिएको हो ।
काठमाडौँ — गुरुङ ब्युटिपार्लर एन्ड एकेडेमीले सेवा विस्तार गरेको छ । सञ्चालक चिनु गुरुङले सौन्दर्य क्षेत्रमा ३० वर्षसम्म हासिल गरेको अनुभवलाई थप परिस्कृत र परिमार्जनसहित ललितपुरमा नयाँ शाखा खोलेकी हुन् ।
कुमारीपाटीमा पार्लरको शुक्रबार उद्घाटन गरिएको हो । नयाँ शाखा सौन्दर्य सर्भिस र एकेडेमी दुवैलाई लक्षित गरी सञ्चालनमा ल्याइएको गुरुङको भनाइ छ । उनका अनुसार सौन्दर्य क्षेत्रको बेसिक, प्रोफेसनल तथा एडभान्स तालिम सञ्चालन हुनुका साथै सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवा उपलब्ध हुनेछ ।
सन् १९९५ मा स्थापना भएको गुरूङ ब्युटी एकेडेमीले सौन्दर्य सेवा तथा प्रशिक्षण क्षेत्रमा महत्वपूर्ण पहिचान बनाउँदै आएको छ । यस संस्थाले देशभरका सयौँ विद्यार्थीलाई दक्ष र सीपयुक्त बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी व्यावसायिक सिर्जना गर्न सफल भएको सञ्चालक गुरुङको दाबी छ ।
संस्थाले तालिमका लागि विविध पाठ्यक्रम सञ्चालन गर्दै आएको छ, जसमा ब्युटिसियन कोर्स, मेकअप आर्टिस्ट्री, कोस्मेटोलोजी, वार्मेज, एस्थेटिक, हेयर टेक्नोलोजी, न्यानोप्लास्टिक, केराटिन तथा धेरै व्यावसायिक सौन्दर्य प्रशिक्षणहरू समावेश छन्।
नयाँ शाखामा उपलब्ध सेवामा जेल–नेल एक्सटेन्सन, रिफिल, रिमुभ, आइल्यास एक्सटेन्सन, थ्रेडिङ, आइब्रो वाक्स, माइक्रोब्लेडिङ, माइक्रोसिडिङ, फूलबडी वाक्सिङ, पील ब्लसिङ्ग, मेकअप तथा हेयर स्टाइल, मेनिक्योर–पेडिक्योर, हाइड्राफेसियल, बिबि ग्लो, कार्बन लेजर, हेयर बटक्स, केराटिन, न्यानोप्लास्टिक, स्पा, हेयर रिबोन्डिङ्ग लगायतका सेवा समावेश छन्।
गुरुङ ब्युटिपार्लरको प्रधान कार्यालय पोखराको न्युरोडमा छ भने पृथ्वीचोक, भाटभटेनी, बगर, चिप्लेढुङ्गा, तनहुँको दुलेगौंडा लगायतमा शाखा सञ्चालन भइरहेका छन् ।
