एपीएफ फाइनल प्रवेश भए एसियन पेन्ट्सको एक लाख

प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार प्रदान गर्ने कम्पनीले जानकारी गराएको छ।

मंसिर २५, २०८२

कान्तिपुर संवाददाता

Asian Paints wins one lakh rupees if it enters APF finals

काठमाडौँ — एसियन पेन्ट्स नेपालले हाल दशरथ रंगशालामा सञ्चालन भइरहेको साफ विमेन्स क्लब च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली प्रतिनिधि एपीएफ महिला फुटबल टोलीले फाइनल चरणमा प्रवेश गर्न सफल भए अतिरिक्त १ लाख रुपैयाँ प्रोत्साहनस्वरूप प्रदान गर्ने भएको छ ।

प्रतियोगितामा खेलेका हरेक जितका लागि थप २५ हजार प्रदान गर्ने पनि कम्पनीले जानकारी गराएको छ।

मंसिर १९ देखि पुस ५ सम्म सञ्चालन हुने उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भूटान र पाकिस्तानका महिला क्लब च्याम्पियन टिम सहभागी छन्। प्रतियोगितामा कुल ११ खेल हुनेछन् भने प्रत्येक टोलीले लीग चरणमा ४ खेल खेल्ने तालिका रहेको एन्फाले जनाएको छ।

एसियन पेन्ट्सले प्रदान गरेको प्रोत्साहनले खेलाडीहरूको आत्मविश्वास अभिवृद्धि गर्न, सकारात्मक प्रतिस्पर्धा वातावरण सिर्जना गर्न तथा नेपालमा महिला फुटबलको विकासमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

कान्तिपुर

Link copied successfully