'पारस दाइको मौकामा चौका' अफर आगामी २९ गते सम्म लागू हुनेछ ।
काठमाडौँ — फाइबर इन्टरनेट सेवा प्रदायक 'वाई-फाई नेपाल' ले नेपाल प्रिमियर लिग २०२५ को अवसरमा 'पारस दाइको मौकामा चौका' अभियान ल्याएको छ। यस अफरमार्फत उच्च-गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।
यो अभियानअन्तर्गत २०० एमबीपीएस इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि:शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। ग्राहकले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्नेछन् ।
बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना निशुल्क नोकिया ५ जीएचजेड ड्युअल ब्यान्ड राउटर पनि प्राप्त गर्नेछन । कुल ११ हजार ७५० रुपैयाँमा (भ्याट सहित) मा पाइने छ ।
वाईफाई नेपालले ब्रान्ड एम्बासडर पारस खड्कालाई फिचर गर्दै फ्यानहरूबीच एनपीएलको उत्साहलाई अझ बढाइरहेको छ।
विशेष अफरमार्फत वाईफाई नेपालले देशभरका घरपरि वारहरूलाई उच्च-गति को इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ। 'पारस दाइको मौकामा चौका' अफर आगामी २९ गते सम्म लागू हुनेछ ।
