रोयल इन्फिल्डको 'हन्टर ३५०' बजारमा

रोयल इन्फिल्डको ‘हन्टर ३५०’ रियो सेतो, टोकियो कालो, लन्डन रातो र ग्राफाइट खरानी रङमा उपलब्ध हुनेछ ।

मंसिर २३, २०८२

कान्तिपुर संवाददाता

Royal Enfield's 'Hunter 350' launched in the market

काठमाडौँ — रोयल इन्फिल्डले  ‘हन्टर ३५०’ को नयाँ २०२५ संस्करण नेपाली बजारमा सार्वजनिक गरेको छ । नयाँ हन्टर ३५० मा चार प्रकारका सडकप्रेरित रङ प्रयोग गरिएको छ ।

रियो सेतो, टोकियो कालो, लन्डन रातो र ग्राफाइट खरानी रङमा  उपलब्ध हुनेछ । बाइकमा प्रयोग गरिएका रङ विश्वका सांस्कृतिक पहिचान र सहरको सौन्दर्यबाट प्रेरित भएको कम्पनीले जनाएको छ ।

यो संस्करणमा सिलिप एसिस्ट क्लच जडान गरिएको कम्पनीले जनाएको छ । यसलाई कम्पनीका ३५० सीसी मोडेलमा पहिलोपटक प्रयोग गरिएको जनाइएको छ । 

हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सीसी जे–सिरिज इन्जिनले सहरी सडकमा चुस्त र स्थिरता प्रदान गर्ने कम्पनीको दाबी छ ।

सन् २०२२ मा पहिलोपटक बजारमा ल्याइएको यो मोडेल हालसम्म विश्वभर सात लाखभन्दा बढी बिक्री भइसकेको कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ मोडेलको मूल्य (सिंगल टोन) रङअनुसार रियो सेतो, ड्यापर खरानी र ग्राफाइट खरानीको लागि चार लाख ९४ हजार ९०० रुपैयाँ तोकेको छ ।  (डबल टोन) टोकियो कालो, लन्डन रातो र रेबेल निलोको लागि चार लाख ९९ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।

देशभरका सोरुममा बुकिङ तथा परीक्षण-सवारी खुला गरिएको कम्पनीले जनाएको छ ।

कान्तिपुर

Link copied successfully