लामिनारको 'मेरो सपनाको घर' अभियान सार्वजनिक

अभियानअन्तर्गत विजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूमको पूर्ण रूपान्तरण नि:शुल्क पाउनेछन् ।

मंसिर २१, २०८२

कान्तिपुर संवाददाता

Laminar's 'My Dream Home' campaign launched

काठमाडौँ — लामिनार  भिट्रिफाईड टायलले 'लामिनार-मेरो सपनाको घर' नामक नेपालकै पहिलो किसिमको कोठा र बाथरूम मेक-ओभर अभियान सुरु गरेको छ।

अभियानको सिर्जनात्मक नेतृत्व मिस नेपाल-२०१६ तथा ईन्टेरियर डिजाइनर अस्मी श्रेष्ठले गरिरहेकी छिन्। अभियानअन्तर्गत विजेता दुई नेपाली परिवारले आफ्नो घरको एक कोठा तथा एक बाथरूम को पूर्ण रूपान्तरण नि:शुल्क प्राप्त गर्नेछन्।

मेक-ओभर   प्रतिष्ठित डिजाइन र लाइफस्टायल  ब्रान्डहरूको सहकार्यमा कार्यान्वयन हुनेछ । यो अभियानमा सहभागि हुन किन तपाईंको कोठा (र आवश्यक परे बाथरूम) लाई किन मेकओभर चाहिन्छ भन्दै ३० सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाउनु पर्नेछ ।

भिडियोलाई सार्वजनिक रुपमा तपाईको टिकटक/इन्स्ट्राग्राम/फेसबुकमा  पोस्ट गर्नुपर्नेछ । पोस्ट गर्दा  @laminartiles लाई ट्याग र #LaminarMeroSapanakoGhar ह्यासट्याग प्रयोग गर्नु पर्नेछ । 

प्रविष्टि भिडियोहरूको मूल्यांकन लामिनार, यसको क्रिएटिभ एजेन्सी, तथा प्रोजेक्ट इन्टेरियर डिजाइनर अस्मी श्रेष्ठ सहितको आन्तरिक समितले गर्नेछ। विजेताहरूको छनौट कथाको प्रस्तुति, आवश्यकता, रचनात्मकता र इन्गेजमेन्ट का आधारमा गरिने छ।

प्रत्येक विजेताले घर मेक-ओभर प्याकेजअन्तर्गत प्रिमियम सामग्री, पूर्ण इन्टेरियर डिजाइन, टर्नकी कार्यान्वयन र  'विफोर-ड्युरिङ-आफ्टर ' फोटो/भिडियो डकुमेन्टेशन हुनेछ । 

आगामी जनवरी २ सम्म  भिडियो आफ्नो सामाजिक सञ्चावलको प्लेटफर्ममा राख्नुपर्नेछ  । यसको नतिजा आगामी जनवरी  ७ मा घोषणा गर्ने कम्पनीले जनाएको  छ । 

कान्तिपुर

Link copied successfully