स्काइलाइन सोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ को रूपमा तयार पारिएकाले ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
काठमाडौँ — हुलास आल्मुनियमद्वारा उत्पादित प्रिमियम लक्जरी आल्मुनियमको ढोका तथा झ्याल ब्रान्ड 'स्काइलाइन' को आधिकारिक सोरूम तथा अनुभव केन्द्र माइतीघरमा सञ्चालनमा आएको छ ।
स्काइलाइन सोरूमलाई ‘एक्सपिरियन्स सेन्टर’ का रूपमा तयार पारिएकाले ग्राहकहरूले उत्पादनलाई छुने, महसुस गर्ने, नजिकबाट बुझ्ने र वास्तविक लक्जरी अनुभव गर्ने अवसर पाउनेछन्।
हुलास आल्मुनियमद्वारा आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइन ढोका तथा झ्यालहरूले प्रिमियम क्वालिटी, आकर्षक डिजाइन, र उत्कृष्ट टिकाउपन प्रदान गर्छन्।
कम्पनीले स्काइलाइनलाई ‘भ्यालु अफ मनी’ ब्रान्डका रूपमा प्रस्तुत गर्दै लक्जरी सेग्मेन्टमा गुणस्तर र मूल्य दुवैका दृष्टिले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ।
स्काइलाइनको उद्घाटनसँगै हुलास आल्मुनियमले नेपालको लक्जरी आल्मुनियम डोर–विन्डो बजारमा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।
