योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन्।
काठमाडौँ — एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावका बहुमूल्य सामान तथा महत्वपूर्ण कागजात सुरक्षित राख्ने उद्देश्यले लकर सेवामा विशेष छुट सुविधा सार्वजनिक गरेको छ।
निश्चित अवधिका लागि सार्वजनिक गरिएको यस योजनाअनुसार ग्राहकले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् ।
ग्राहकले बैंकको लकर सेवा प्रयोग गरी आफ्ना बहुमूल्य सामान तथा कागजात ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन्। बैंकले मुलुकभर रहेका १५० शाखामा आवश्यकताअनुसार विभिन्न आकारका लकर सेवा उपलब्ध गराएको छ।
यस छुट योजनाबाट ग्राहकलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल र सुविधाजनक हुने विश्वास बैंकले जनाएको छ। लकर सेवासम्बन्धी थप जानकारीका लागि नजिकको शाखा कार्यालय वा बैंकको ग्राहक सम्पर्क केन्द्र १६६०–०१–७७७७१, १८१०–२१–७७७७१ वा ०१–५९७०१०१ मा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ।
