हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न मिल्ने १० जीबी ‘अल टाइम’ डेटा पाउनेछन्।
What you should know
काठमाडौँ — एनसेलको सेल्फ-सर्भिस मोबाइल एप ‘एनसेल एप’ले १ करोड डाउनलोडको उपलब्धि हासिल गरेको छ। यससँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एक भएको कम्पनीले जनाएको छ।
ग्राहकको डिजिटल यात्रालाई सहज र आधुनिक बनाउन तयार पारिएको यो एप भरपर्दो डिजिटल उपकरणका रूपमा झनै लोकप्रिय बन्दै गएको छ।
एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी वा एनसेल सेन्टर तथा आधिकारिक विक्रेतामा नगई नै विभिन्न सेवाहरू लिन सक्नेछन् ।
साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन खेल, सेवा सक्रिय/निष्क्रिय गर्नेसहितका धेरै सेवा उपलब्ध भएकाले यो एप निर्बाध डिजिटल सेवा चाहनेहरूको पहिलो रोजाइ बनेको कम्पनीको दाबी छ।
एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रम सुरु गरेको छ। यसअन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न मिल्ने १० जीबी ‘अल टाइम’ डेटा पाउनेछन्।
पहिलोपटक एप डाउनलोड गरी लग–इन गर्ने वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहक १० जीबी डेटा जित्न योग्य हुने व्यवस्था गरिएको छ।
एनसेल एप सहज प्रयोग, छरितो नेभिगेसन र उत्कृष्ट ग्राहक अनुभवका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ। यसमार्फत ग्राहकले आफ्नो सेवा प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू हेर्न तथा मनपर्ने प्याकको सूची बनाइ राख्न सक्छन्, जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्छ।
एनसेल एप विदेशमा रहेका नेपाली कामदार र यात्रुका लागि समेत उपयोगी डिजिटल समाधान बनेको कम्पनीले जनाएको छ। एपमार्फत ग्राहकले रोमिङ्मा पनि सजिलै रिचार्ज, प्याक खरिद तथा एनसेल सिम प्रयोग गर्न सक्ने सुविधा छ। ग्राहकले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन्।
