२० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानले पुराना मेसिनलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने कम्पनीको दाबी छ ।
काठमाडौँ — नेपालमा जेसीबीको अधिकृत डिस्ट्रिब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै जेसीबी मेसिनका लागि ‘नेसनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु गरेको छ ।
२० नोभेम्बरदेखि ३१ डिसेम्बरसम्म सञ्चालन हुने यस अभियानले पुराना मेसिनलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने कम्पनीको दाबी छ ।
अभियानअन्तर्गत जेसीबीधनीहरूले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
‘चेकअपले मेसिनमा हुन सक्ने समस्या पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘ग्राहकलाई थप सुविधा दिन कम्पनीले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पार्ट्समा १५ प्रतिशत छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट प्रदान गर्दै छ ।’