करिब ८ हजार किलोमिटरको दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश
काठमाडौँ — नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौंदेखि कन्याकुमारीसम्म यात्रा आयोजना गरेको छ ।
यात्रा टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसजू र नीरज पोखरेल रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १३ दिने यात्रा १७ मंसिरदेखि २९ मंसिरसम्म चल्नेछ ।
‘यस अवधिमा करिब ८ हजार किलोमिटरको दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस यात्रामा यात्रीहरूले विजय कसजूको हुन्डाई टक्सन प्रयोग गर्दै छन्, जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ ।’
