करिब एक अर्ब नेपाली रुपैयाँ लागतमा बन्ने अत्याधुनिक फ्याक्ट्रीले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ । करिब ७ बिघा क्षेत्रफलमा फैलिएको यस परियोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सकिइसकेको कम्पनीले जनाएको छ ।
काठमाडौँ — नेपाली उद्योगीसँगको संयुक्त लगानीमा भारतको फुड ब्रान्ड बिकानो नेपाली बजारमा प्रवेश गरेको छ ।
बिकानेरवाला फुड्स इन्डियासँगको संयुक्त लगानीमा नेपाली उद्योगीले यो ब्रान्ड नेपाल भित्र्याएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
करिब एक अर्ब नेपाली रुपैयाँ लागतमा बन्ने अत्याधुनिक फ्याक्ट्रीले नेपालको औद्योगिक क्षेत्रमा नयाँ आयाम थप्ने कम्पनीको विश्वास छ । करिब ७ बिघा क्षेत्रफलमा फैलिएको यस परियोजनाको करिब ८० प्रतिशत निर्माण कार्य सकिइसकेको कम्पनीले जनाएको छ ।
उद्योगले आगामी फेब्रुअरी २०२६ देखि व्यावसायिक उत्पादन सुरु गर्ने बताएको छ । यस परियोजनाले प्रत्यक्ष रूपमा ३ सयभन्दा बढीलाई रोजगारी प्रदान दिने कम्पनीको दाबी छ । उद्योग सञ्चालनमा आएपछि बिकानो ब्रान्डअन्तर्गत उत्पादन हुने प्रडक्ट नेपाली उद्योगबाटै उत्पादन हुने कम्पनीले बताएको छ ।
यसमा भुजिया, नमकिन, मिठाई, पापड, आलु चिप्सलगायत नेपाली स्वादअनुसारका उत्पादन रहने कम्पनीका नेपालस्थित परियोजनाको कार्यकारी अधिकृत जीवराज जैनले जनाए ।