मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरूलाई आइफोन १७ प्रदान गर्ने बैंकले जनाएको छ ।
What you should know
काठमाडौँ — ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको मोबाइल बैंकिङ-ग्लोबल स्मार्ट प्लसबाट कम्तीमा ३ पटक फोनपे नेटवर्कमार्फत रकमान्तर गर्दा आइफोन १७ जित्ने योजना सार्वजनिक गरेको छ ।
उक्त योजनाअन्तर्गत बैंकले मोबाइल बैंकिङ प्रयोगकर्ताहरूमध्ये उक्त कारोबार गर्ने दुई जना भाग्यशाली ग्राहकहरूलाई आइफोन १७ प्रदान गर्ने बैंकले जनाएको छ ।
साथै, यस योजनाअनुसार बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताले फोनपे डाइरेक्टमार्फत रकमान्तर गर्दाको भिडियो सामग्री आफ्नो सामाजिक सञ्जालमा राखेबापत हरेक दिन (योजना अवधिभर) सामसुङ इएरबड जित्नेसमेत अवसर रहेको बैंकले जनाएको छ ।
यो योजना मंसिर १५ देखि पौष २५ सम्म लागू रहनेछ । यस योजनामा सहभागी हुन योजना अवधिभर ग्राहकले ग्लोबल स्मार्ट प्लसबाट फोनपे डाइरेक्ट प्रयोग गरी न्यूनतम् ३ पटक रकमान्तर गरेको हुनपर्ने छ ।
ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको बैंकले जनाएको छ ।
बैंकले बैंक अफ द इयर २०१४, बेस्ट इन्टरनेट बैंक २०१६, बेस्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको जनाएको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ ।
अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा संचालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्याउँदै आएको बैंकले जनाएको छ ।
