कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका विद्यार्थी सहभागी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ — नेपालका लागि टाटा सवारीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिअन्तर्गत टाटा टियागो ईभीले बुढानीलकण्ठ स्कुल, आर्ट क्लब र सिप्रदियन संस्थासँग सहकार्य गर्दै ‘कार्टनिभल’ अन्तर स्कुल चिक्रकला कार्यत्रम गरेको छ ।
कार्यक्रममा १० निजी र ६ सामुदायिक गरी १६ विद्यालयका विद्यार्थी सहभागी रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विद्यार्थीहरूको सिर्जनशीलता र अभिव्यक्तिलाई प्रोत्साहित गर्न यस्ता कार्यक्रम समग्र विकासका लागि अत्यन्त महत्त्वपूर्ण भएको कार्यक्रममा बुढानिलकण्ठ स्कुलका प्रिन्सिपल केशर खुलालले बताए ।