सोल्टी वेस्टेन्ड, इटहरीमा आयोजित दीक्षान्त समारोहमा ५४ इन्टरनेसनल बिजनेस र १० इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थीलाई सम्मान गरियो।
काठमाडौँ — विराटनगर इन्टरनेसनल कलेज (बीआईसी)मा यसवर्ष ६४ विद्यार्थीले स्नातक उपाधि प्राप्त गरेका छन् । कलेजले आइतबार सोल्टी वेस्टेन्ड, इटहरीमा वार्षिक दीक्षान्त समारोहमा विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
६४ मध्ये ५४ जना इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र १० जना इन्टरनेसनल हस्पिटालिटी म्यानेजमेन्टका विद्यार्थी दीक्षित भए । समारोहमा इनोभेट नेपाल ग्रुपका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी प्रमुख अतिथि थिए ।
उनले विद्यार्थीहरूलाई बधाई दिँदै परिवर्तनकारी सोच, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीसहित अघि बढ्न प्रेरित गरे ।
कलेजको शैक्षिक साझेदार युनिभर्सिटी अफ वोल्भरह्याम्पटनका प्रतिनिधिले पनि उपस्थित भएर स्नातकहरूको अनुशासन र प्रतिबद्धताको प्रशंसा गरे ।
कलेजका अध्यक्ष तथा व्यवस्थापन टोलीले स्नातक–२०२५ लाई हार्दिक बधाई दिँदै उनीहरूले व्यवस्थापन, उद्यम, आतिथ्य सेवा तथा विश्वव्यापी अवसरहरूको क्षेत्रमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।
