सिटी सेन्टरको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेता पुरस्कृत

६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारमा २८ हजार सहभागी थिए । सोमध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका हुन् ।

मंसिर १५, २०८२

कान्तिपुर संवाददाता

Winners of City Center's 'Festive Celebration-2025' awarded

What you should know

काठमाडौँ — काठमाडौंस्थित सिटी सेन्टरले दसैँ, तिहार तथा छठको अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन–२०२५’ का विजेतालाई पुरस्कृत गरेको छ । शनिबार सिटी सेन्टरमा आयोजित समारोहका बीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

६० दिनसम्म सञ्चालन गरिएको सो सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारमा २८ हजार सहभागी थिए । सोमध्ये ४० जनाले विभिन्न उपहार प्राप्त गरेका हुन् । जसमा कपनका विनोद चौलागाईंले ५ दिन ६ रातको थाइल्यान्ड टुर जितेका छन् ।

त्यसैगरी, भक्तपुरका समिर बादेले हिरोको स्कुटर पाएका छन् भने अन्य पुरस्कारमा बाल्ट्राको वासिङ मेसिन, टीभी, फ्रिजलगायतका सामान, अल्टिमाका इयर बर्ड, म्युजिक सिस्टम, सफारीका ब्याग, कोर्कोडायलका ब्याग तथा लगेज र विभिन्न स्टोरहरूबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

उक्त कार्यक्रम सिटी सेन्टरको आयोजना, इभेन्ट नेपालको सहकार्यमा विभिन्न कम्पनीहरूको सहभागितामा सम्पन्न भएको थियो । पुरस्कार वितरण कार्यक्रममा बोल्दै सिटी सेन्टरका व्यवस्थापक अनिस महर्जनले भने, ‘हामीले ग्राहकका लागि विभिन्न समयमा यस्ता कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । यसले हाम्रो ग्राहकहरूसँगको अन्तरक्रिया र सद्भाव निर्माण हुने हुँदा आगामी दिनमा अझै बृहत् रूपमा सेवा र सुविधासहित योजनाहरू ल्याउनेछौं ।’

सिजी मोटर्स (हिरो) का म्यानेजर प्रदीप पालले पुरस्कार हस्तान्तरण गर्दै भने, ‘हामीले यसरी विभिन्न व्यावसायिक स्थलहरूमा सहभागीलाई पुरस्कार वितरण गर्न पाउँदा सेवाग्राही लाभान्वित हने मात्र नभई आफ्नो ब्रान्ड प्रवर्द्धनमा पनि टेवा पुगेको छ । आगामी दिनमा पनि यस्ता कार्यक्रममा हाम्रो ब्रान्डले सहकार्य गर्नेछ ।’

सिटी सेन्टर आफ्ना ग्राहकका लागि सबै सेवा सुविधासहितको व्यावसायिक सपिङ महल हो । यहाँ बच्चाका लागि खेल्ने ठाउँ, कफी सप र फुडकोर्टसहितको व्यवस्था छ । विभिन्न ब्रान्डहरू सुपथ मूल्यमा उपलब्ध हुने यस सिटी सेन्टरले विभिन्न समयमा यस्ता कार्यक्रम आयोजना गर्दै ग्राहकको विश्वास जित्न सफल भएको छ ।

कान्तिपुर

Link copied successfully